निर्वतमान सभापति पालद्वारा सवारी फिर्ता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

निर्वतमान सभापति पालद्वारा सवारी फिर्ता


१३ जेष्ठ २०७८, बिहिबार


काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गत महिला तथा सामाजिक समिति सभापति निरुदेवी पालले आफूले सभापतिको हैसियतले प्रयोग गर्दै आएको सवारी साधन आज फिर्ता गरेकी छन् ।

सङ्घीय संसद् सचिवालयले महिला तथा सामाजिक समिति सभापतिका हैसियतले उपलब्ध गराएको गाडी आज सकुशल सवारी शाखामा बुझाएकी हुन् ।

निर्वतमान सांसद पालले भनिन,‘प्रतिनिधिसभा विघटन भइसकेको छ, समिति सभापतिको हैसियतले मैले प्रयोग गर्दै आएको सवारी फिर्ता आज गरेको छु ।’

Tags :
प्रतिक्रिया दिनुहोस