डिएसपीले औषधि पसलका कर्मचारीमाथि गरिएको कुट्पिट् घटनाको छानविनका लागि समिति गठन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

डिएसपीले औषधि पसलका कर्मचारीमाथि गरिएको कुट्पिट् घटनाको छानविनका लागि समिति गठन


१३ जेष्ठ २०७८, बिहिबार


जनकपुरधाम । वीरगञ्ज महानगरपालिकाको घण्टाघर स्थित चोकमा प्रहरीबाट भएको गैह्र व्यावसायिक व्यवहारको छानविनका लागि प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण प्रसाँईको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ ।

समितिले महानगरपालिकाको वडा नं. ८ स्थित घण्टाघर चोकमा पसल सञ्चालकसँग प्रहरीद्वारा गरिएको गैह्र व्यावसायिक व्यवहारको छानविन र आवश्यक कारवाही गर्ने जनाइएको छ ।

प्रदेश प्रहरी कार्यालयद्वारा जारी विज्ञप्तिमा समितिले अनुसन्धान कार्य शुरू गरी सकेको र अनुसन्धानका क्रममा कोही प्रहरी दोषी देखिएमा प्रहरी नियमावली बमोजिम कारवाही गरिने जनाइएको छ ।

सम्बन्धित समाचार : डिएसपीले औषधि पसलका कर्मचारीलाई कुटेको भिडियो भाइरल

Tags :
प्रतिक्रिया दिनुहोस