कोरोना संक्रमणबाट बाँकेमा थप ८ जनाको मृत्यु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कोरोना संक्रमणबाट बाँकेमा थप ८ जनाको मृत्यु


१३ जेष्ठ २०७८, बिहिबार


बाँके । कोरोना संक्रमणबाट बाँकेमा थप ८ जनाको मृत्यु भएको छ । बाँकेका ३ जना, बर्दियाका दुईजना, कैलाली, दाङ र कञ्चनपुरका एक/एकजना गरी ८ जनाको मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जनाएको छ ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-२० का ५७ वर्षीय पुरुषको बुधबार राति ७ः१५ बजे, वडा नम्बर २० कै ५५ वर्षीया महिलाको बुधबार राति १२ः४० बजे र वडा नम्बर १८ का ७३ वर्षीया महिलाको बिहीबार बिहान भेरी अस्पतालमा मृत्यु भएको उनले बताए ।

बर्दियाको बासगँढी नगरपालिका-५ का ७५ वर्षीया महिलाको बुधबार राति ७ः३० बजे र गुलरिया नगरपालिका-५ का ८० वर्षीय पुरुषको बिहीबार बिहान ७ बजे भेरी अस्पतालमा मृत्यु भएको हो । ७५ वर्षीया महिलामा जेठ २ गते र ८० वर्षीय पुरुषमा जेठ १२ गते संक्रमण पुष्टि भएको थियो ।

कैलालीको जानकी गाउँपालिका-९ की ७४ वर्षीया महिलाको बुधबार राति ७ः२० बजे भेरी अस्पतालमा मृत्यु भएको हो । उनीमा वैशाख २५ गते संक्रमण पुष्टि भएको थियो । कञ्चनपुरको पुनर्बास नगरपालिका-६ का ४७ वर्षीया महिलाको बिहीबार बिहान २ बजे र दाङको घोराही उपमहानगरपालिका-३ की ५६ वर्षीया महिलाको बिहीबार बिहान २ः४५ बजे नपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस