कोरोना सङ्क्रमित वडाध्यक्षको उपचारका क्रममा निधन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कोरोना सङ्क्रमित वडाध्यक्षको उपचारका क्रममा निधन


१३ जेष्ठ २०७८, बिहिबार


पाँचथर । कोरोना भाइरस सङ्क्रमण भई उपचाररत हिलिहाङ गाउँपालिका–४ का वडाध्यक्ष श्रीप्रसाद शिगूको उपचारका क्रममा आज बिहान निधन भएको छ ।

दुई सातादेखि झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचाररत वडाध्यक्ष शिगूलाई आज बिहान चिकित्सकले मृत घोषित गरेको गाउँपालिकाका अध्यक्ष भुवानीप्रसाद लिङदेनले पुष्टि गरे ।

शवको व्यवस्थापन झापामै गर्ने तयारी भइरहेको उनले जानकारी दिए । ‘परिवारजन र झापा प्रशासनसँग समन्वय गरिरहेका छौँ’, अध्यक्ष लिङ्देनले भने, ‘झापामै शव व्यवस्थापन हुन्छ ।’

कोरोना भाइरसको सङ्क्रमण भएपछि वडाध्यक्ष शिगूलाई श्वासप्रश्वासमा समस्या देखिएको थियो । शरीरमा अक्सिजनको मात्रा बढ्न नसकेपछि लामो समय उनलाई बिएण्डसी अस्पतालको सघन उपचारकक्षमा राखी उपचार भइरहेकामा आज बिहान चिकित्सकले मृत घोषणा गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस