८२२ विपन्न परिवारालाई खाद्यान्न वितरण « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

८२२ विपन्न परिवारालाई खाद्यान्न वितरण


१३ जेष्ठ २०७८, बिहिबार


जाजरकोट । छेडागाड नगरपालिकाभित्र रहेका ८२२ विपन्न परिवारालाई खाद्यान्न वितरण गरिएको छ ।

आफ्नै जमीनमा उत्पादन गरेको अन्नले छ महिना खान नपुग्ने छेडागाडभित्रका सर्वसाधारणलाई खाद्यान्न वितरण गरिएको हो । प्रतिपरिवार रु १० हजार ८१५ बराबरको खाद्यान्न सहयोग गरिएको पाँचतारा युवा संरक्षण मञ्च जाजरकोटका छवि पन्तले जानकारी दिए ।

कोभिडका कारण समस्यामा परेर हैरानी बेहोरेका विपन्न सर्वसाधारणलाई सेभ द चिल्ड्रेन र पाँचतारा युवा संरक्षण मञ्चले ८२२ घरधुरीलाई खाद्यान्न उपलव्ध गराएका हुन । करिब रु ८९ लाख बराबरको खाद्यान्न दिइएको पन्तले जानकारी दिनुभयो । त्यस्तै दुई हजार ६७३ बालबालिकालाई सरसफाइका सामग्रीसमेत वितरण गरिएको छ ।

त्यस्तै स्वास्थ्य सेवा कार्यालयलाई अक्सिजन आपूर्ति गर्नका लागि मञ्चले रु १५ हजार सहयोग गरेको कार्यालयका प्रमुख टीकाराम जैसीले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस