सुदूरपश्चिम प्रदेशका प्रथम प्रदेश प्रमुख मल्लको निधन « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

सुदूरपश्चिम प्रदेशका प्रथम प्रदेश प्रमुख मल्लको निधन


प्रशासन संवाददाता

१३ जेष्ठ २०७८, बिहिबार


धनगढी । सुदूरपश्चिम प्रदेशका प्रथम प्रदेश प्रमुख मोहनराज मल्लको उपचारका क्रममा निधन भएको छ ।

लामो समयदेखि निमोनियाको उपचार गराइरहेका मल्लको काठमाडौँस्थित निदान अस्पतालमा आज बिहान ७ बजे निधन भएको मल्लका तत्कालीन स्वकीय सचिव धनसिंह साउदले जानकारी दिए ।

चार दशकभन्दा बढीको समय कैलालीमा राजनीति गर्दै आएका मल्ल राष्ट्रिय पञ्चायत सदस्य हुँदै नेपाली कांग्रेसका महासमिति सदस्यसमेत भएका थिए ।

पहिले राप्रपाको राजनीति गरेका मल्ल २०७० सालको दोस्रो संविधानसभाअघि नेपाली कांग्रेसमा प्रवेश गरेका थिए। वि.सं २०७४ माघ ३ गते प्रदेश प्रमुख नियुक्त भएका मल्लले ८ गते शपथ लिएका थिए । मल्लका एक छोरा र एक छोरी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस