प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथि आज सुनुवाइ हुँदै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथि आज सुनुवाइ हुँदै


१३ जेष्ठ २०७८, बिहिबार


High Court_Sarbocha adalat

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथि आज सुनुवाइ हुने भएको छ । अन्तरिम आदेश माग गरिएका १९ वटा रिटको सुनुवाइ आज हुन लागेको हो ।

संवैधानिक इजलासमा सुनुवाइको माग गरिएका ११ रिटको भने जेठ १४ गते शुक्रबारका लागि पेशी तोकिएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६(५) बमोजिमको प्रधानमन्त्री नियुक्ति हुने आधार नरहेको भन्दै संसद विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेपछि त्यसविरुद्ध ३० वटा रिट दर्ता भएका छन् । संसद विघटन असंवैधानिक भएको जिकीर गर्दै र धारा ७६(५) अनुसार शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने माग गर्दै विपक्षी गठबन्धनका १४६ जना सांसदले पनि सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् ।

गत जेठ ७ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते निर्वाचनको मिति तोकिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस