कोरोना संक्रमणबाट बाँकेमा थप ६ जनाको मृत्यु « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

कोरोना संक्रमणबाट बाँकेमा थप ६ जनाको मृत्यु


१२ जेष्ठ २०७८, बुधबार


काठमाडौँ । कोरोना संक्रमणबाट बाँकेमा थप ६ जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो ३ बजेदेखि बुधबार बिहान २ बजेसम्मको हो ।

बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार बाँके र रुकुम पश्चिमका दुई/दुई जना, सल्यान र दाङका एकरएकजनाका मृत्यु भएको हो ।

बाँकेको राप्तिसोनारी गाउँपालिका–५ का २३ वर्षीय पुरुषको भेरी अस्पतालमा मंगलबार ४ः३५ बजे र राप्तिसोनारी गाउँपालिका-६ का ५२ वर्षीय पुरुषको भेरी अस्पतालमै बुधबार बिहान २ बजे मृत्यु भएको हो ।

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–१० की ६६ वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मंगलबार ३ः१० बजे र आठबीसकोट नगरपालिका–१० का ३२ वर्षीय पुरुषको भेरी अस्पतालमा मंगलबार साँझ ५ः३० बजे मृत्यु भएको हो ।

सल्यानको छत्रेश्वरी गाउँपालिका–५ का ३५ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मंगलबार साँझ ५ः३० बजे र दाङको लमही नगरपालिका–६ का ४८ वर्षीय पुरुषको भेरी अस्पतालमा बुधबार बिहान १ बजे मृत्यु भएको ओलीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस