रुपन्देहीमा जारी निषेधाज्ञा जेठ २० गतेसम्म लम्ब्याइयो « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

रुपन्देहीमा जारी निषेधाज्ञा जेठ २० गतेसम्म लम्ब्याइयो


१२ जेष्ठ २०७८, बुधबार


रुपन्देही । कोररोना भाइरस संक्रमण नियन्त्रणका लागि रुपन्देही जिल्लामा जारी निषेधाज्ञा जेठ २० गते सम्म लम्ब्याइएको छ

जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी जनक थापाले आज बुधबार बसेको बैठकले जेठ २० गते सम्मको लागि निषेधाज्ञा थप भएको जानकारी दिए ।

यस अवधिमा शान्ति सुरक्षा , स्वास्थ्य, खानेपानी, दुध, बिद्युत, दमकल, संचार, भन्सार, क्वारेन्टाईन, फोहोरमैला, ब्यवस्थापन, इन्धन, एम्बुलेन्स, स्वास्थ्यकर्मी, औषधी र अत्यावश्यक वस्तु तथा माल समान ढुवानी गर्ने ढुवानीका साधन जस्ता अति आवश्यक सेवा बाहेक अन्य सम्पूर्ण पसल, ब्यवसाय र सेवा सञ्चालन बन्द गर्ने निर्णय प्रशासनले गरेको छ ।

यसअघि जेठ १३ सम्म निषेधाज्ञा प्रशासनले लगाएको थियो । कोरोना संक्रमण अझै नघटेकोले आज बसेको बैठकले थप गरेको हो ।

यस्तै जिल्ला भित्र सबै प्रकारका नीजि तथा सार्वजनिक यात्रुवाहक सवारी साधन सञ्चालन गर्न निषेध गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस