नेपालको पछिल्लो राजनीतिक घटनाक्रम आन्तरिक मामिला हो : भारत « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नेपालको पछिल्लो राजनीतिक घटनाक्रम आन्तरिक मामिला हो : भारत


१२ जेष्ठ २०७८, बुधबार


काठमाडौँ । भारतले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई आन्तरिक मामिला भएको बताएको छ ।

बुधबार भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले विभिन्न सञ्चारमाध्यमबाट सोधिएको प्रश्नको उत्तर दिँदै नेपालको पछिल्लो घटनाक्रमलाई भारतले आन्तरिक मामिलाका रुपमा हेरेको बताए ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई ध्यानपूर्वक हेरेको बताउँदै यसलाई नेपालको आन्तरिक मामिलाका रुपमा नै लिएको जानकारी दिएका छन् ।

नेपालले पछिल्लो समस्या आफ्नै घरेलु ढाँचा र लोकतान्त्रिक प्रक्रियामा रहेर समाधान गर्नुपर्छ,’

भारतीय विदेश मन्त्रालयले भनेको छ ‘नेपालले पछिल्लो समस्या आफ्नै घरेलु ढाँचा र लोकतान्त्रिक प्रक्रियामा रहेर समाधान गर्नुपर्छ ।’

 

Tags :
प्रतिक्रिया दिनुहोस