एमालेले थप १२ नेतालाई स्पष्टीकरणपत्र पठाउँदै « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

एमालेले थप १२ नेतालाई स्पष्टीकरणपत्र पठाउँदै


१२ जेष्ठ २०७८, बुधबार


काठमाडौँ । नेकपा (एमाले) ले आज थप १२ सांसदलाई स्पष्टीकरणपत्र पठाउने भएको छ ।

आइतबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र संसद् पुनःस्थापनाको रिटमा हस्ताक्षर गर्ने थप १२ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । सोही निर्णयनुसार २४ घण्टे स्पष्टीकरणपत्र पठाउन लागिएको हो ।

विरोध खतिवडा, सोमप्रसाद पाण्डे, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, झपट रावल, कृष्णलाल महर्जन, भवानीप्रसाद खापुङ, सुरेन्द्र पाण्डे, मेटमणि चौधरी, यज्ञराज सुनुवार, दीपकप्रकाश भट्ट र नारायण खतिवडालाई स्पष्टीकरणपत्र पठाइँदै छ ।

Tags :
प्रतिक्रिया दिनुहोस