महन्त ठाकुरले मागे उपेन्द्र यादवसँग तीन दिने स्पष्टीकरण « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

महन्त ठाकुरले मागे उपेन्द्र यादवसँग तीन दिने स्पष्टीकरण


१२ जेष्ठ २०७८, बुधबार


काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई स्पष्टीकरण सोधेका छन् ।

ठाकुरले यादवलाई तीन दिनभित्र पार्टी केन्द्रीय कार्यालयमा जवाफ पठाउनका लागि अनुरोध समेत गरेका छन् । मंगलबार सोधिएको स्पष्टीकरणमा ठाकुरले यादवलाई पार्टी एकता विरोधी गुटगत बैठक राखेको बारे सोधिएको छ ।

स्पष्टीकरणमा अध्यक्ष ठाकुरले संसदीय दलको निर्णय बमोजिम संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई समर्थन गर्नुपर्नेमा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन किन हस्ताक्षर गरियो भन्ने प्रश्न गरेका छन् ।

त्यस्तै लुम्बिनी प्रदेशका चार जना प्रदेश सभा सदस्यहरुमाथिको कारबाहीको बारेमा पनि सोधिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस