सम्पादकहरूलाई सर्वोच्च अदालतले बोलाएकोमा नेपाल पत्रकार महासङ्घले आपत्ति « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सम्पादकहरूलाई सर्वोच्च अदालतले बोलाएकोमा नेपाल पत्रकार महासङ्घले आपत्ति


११ जेष्ठ २०७८, मंगलबार


काठमाडौँ । समाचार लेखेको विषयमा पत्रकार र सम्पादकहरूलाई सर्वोच्च अदालतले बोलाएकोमा नेपाल पत्रकार महासङ्घले आपत्ति जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराबिच भेट भएको भन्दै लेखेको समाचारका बारे सर्वोच्च अदालत प्रशासनले इमेज खबर डटकमका सम्पादक राजन कुइँकेल र नेपाल समय डट कमका प्रधान सम्पादक नारायण अमृतलाई छलफल गर्न बोलाएको थियो ।

‘प्रकाशित प्रसारित समाचारको विषयमा चित्त नबुझे या गुनासो रहे त्यसउपर कानुनी उपचार खोज्ने वैधानिक विधि र स्थापित पद्धति छ’, नेपाल पत्रकार महासङ्घको विज्ञप्तिमा भनिएको छ, ‘त्यसलाई बेवास्ता गर्दै मुलुकको न्यायपालिकाको सर्वोच्च संस्था सर्वोच्च अदालतबाट पत्रकारलाई बोलाएर सोधपुछ गरिनु प्रेस स्वतन्त्रता विरोधी कार्य हो ।’

Tags :
प्रतिक्रिया दिनुहोस