काँग्रेस प्रवक्ता शर्मा कोरोना सङ्क्रमणमुक्त « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

काँग्रेस प्रवक्ता शर्मा कोरोना सङ्क्रमणमुक्त


११ जेष्ठ २०७८, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा कोरोना सङ्क्रमणमुक्त भएका छन् ।

काँग्रेस प्रचारप्रसार विभाग प्रमुखसमेत रहेका प्रवक्ता शर्माको सोमबार गरिएको परिक्षणको आज आएको रिपोर्टमा उनी कोरोना सङ्क्रमणमुक्त भएका हुन् ।

प्रवक्ता शर्माले आज बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत आफुसँगै सम्पूर्ण परिवार कोरोना सङ्क्रमणमुक्त भएको जानकारी दिएका छन् ।

प्रवक्ता शर्माले कोरोना लागेपनि उच्च मनोवल राखे जित्न सकिने बताए । ‘म कोरोनाबाट सजगताका साथ जोगिन अपिल गर्दै सङ्क्रमितलाई उच्च मनोवल राख्न आग्रह गर्दछु’, उनले भने। प्रवक्ता शर्माले मित्रको शुभेच्छा र चिकित्कसको मार्ग निर्देशनप्रति आभारी भएको बताए ।

काँग्रेस प्रवक्ता शर्माको वैशाख १९ गते स्टार अस्पताल ललितपुरमा गरिएको पिसिआर परिक्षणमा कोरोना सङ्क्रमण पुष्टी भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस