अत्यावश्यक बाहेकका सरकारी कार्यालय, संस्थान र बीमा सेवा बन्द « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अत्यावश्यक बाहेकका सरकारी कार्यालय, संस्थान र बीमा सेवा बन्द


प्रशासन संवाददाता

११ जेष्ठ २०७८, मंगलबार


काठमाडौँ। उपत्यकामा जारी निषेधाज्ञा अवधिभर अत्यावश्यक बाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्थान, बिमा कार्यालयको सेवा बन्द हुने भएका छन् ।

मंगलबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले अत्यावश्यक बाहेकका सरकारी कार्यालयसमेत बन्द गर्ने निर्णय गरेका हुन् ।

साथै सरकारी कार्यालय, सार्वजनिक संस्थान, बैङ्क, इन्टरनेट प्रदायक संस्था र एनसेलका सवारी साधन बिहान साढे ९ बजेदेखि साढे १० सम्म र बेलुका ५ देखि ६ बजेसम्म मात्र सञ्चालन हुन पाउने भएका छन् । ती संस्थाका सवारी साधनलाई दिउँसो चल्न नदिइने भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस