संसद विघटनको विरुद्ध सर्वोच्चमा दर्ता भएका ३० रिटको पेशी तोकियो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

संसद विघटनको विरुद्ध सर्वोच्चमा दर्ता भएका ३० रिटको पेशी तोकियो


प्रशासन संवाददाता

११ जेष्ठ २०७८, मंगलबार


काठमाडौँ । संसद विघटनको विरुद्धमा सर्वोच्च अदालतमा दर्ता भएका ३० वटा रिटको पेशी तोकिएको छ ।

जसमध्ये १९ वटा रिट साधारण इजलासमा र ११ वटाको संवैधाानिक इजलासमा सुनुवाइको माग गरिएको छ ।

सर्वोच्च अदालतका अनुसार अन्तरिम आदेश माग गरिएका १९ वटा रिटको सुनुवाइ जेठ १३ गते बिहीबारका लागि तोकिएको छ ।

त्यस्तै संवैधानिक इजलासमा सुनुवाइको माग गरिएका ११ रिटको भने जेठ १४ गते शुक्रबारका लागि पेशी तोकिएको छ ।

संसद विघटन असंवैधानिक र धारा ७६(५) अनुसार शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिको माग गर्दै १४६ जना सांसदले पनि सर्वोच्चमा रिट दर्ता गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस