शेयर बजारमा ६.४७ अङ्कको गिरावट « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

शेयर बजारमा ६.४७ अङ्कको गिरावट


११ जेष्ठ २०७८, मंगलबार


काठमाडौँ । केही समययता लगातार रेकर्ड बनाउँदै आएको शेयर बजार आज (मङ्गलवार) भने घटेको छ । नेप्से आज ६ दशमलव ४७ अङ्कले घटेर २८ सय १६ दशमलव ५६ विन्दुमा झरेको छ ।

आज बैकिङ समूहको शेयर साढे २५ अङ्कले घटेको छ । यस्तै होटल समूहको २८ अङ्कले, फाइनान्सको झण्डै दुई अङ्कले, उत्पादनको साढे २२ अङ्कले र अन्य समूहको शेयर २९ अङ्कले घटेको छ । व्यापार, जलविद्युत्, माइक्रो फाइनान्स, जीवन बीमा र निर्जीवन बीमा समूहको शेयर भने बढेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । आज दुई सय १९ कम्पनीका दुई करोड ३४ लाख कित्ता शेयर ११ अर्ब १३ करोड रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै अरुण काबेली जलविद्युत् कम्पनीको ३३ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार कारोबार भएको छ ।

आज मल्टिपर्पोज फाइनान्सको शेयर सबैभन्दा धेरै झण्डै साढे तीन प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि वरुण हाइड्रो, माउन्टेन हाइड्रो, युनिभर्सल पावर र घलेम्दी हाइड्रोको शेयर झण्डै १० प्रतिशतले बढेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस