हात्तीको आक्रमणबाट आमा छोरीको गयो ज्यान « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

हात्तीको आक्रमणबाट आमा छोरीको गयो ज्यान


११ जेष्ठ २०७८, मंगलबार


बर्दिया । बर्दियामा जङ्गली हात्तीको आक्रमणबाट आमा छोरी को ज्यान गएको छ ।

बर्दियामा राष्ट्रिय निकुञ्जबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट गेरुवा गाउँपालिका–१ ३७ वर्षीया चन्द्रा विकको घटनास्थलमै र तीन वर्षकी छोरी दिपिकाको नेपालगञ्ज शिक्षण अस्पताल कोहलपुर उपचारका क्रममा ज्यान गएको निकुञ्जका सहायक संरक्षण अधिकृत असिम थापाले जानकारी दिए ।

गर्मीले गर्दा घरबाहिर आँगनमा सुतिरहेका बेला चन्द्रा र उनकी छोरी दीपिकालाई सोमबार राति १० बजेतिर जङ्गली हात्तीले आक्रमण गरेको निकुञ्जले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस