सातै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गरिने « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

सातै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गरिने


११ जेष्ठ २०७८, मंगलबार


काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले नेपालका सात वटै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय गरेको छ । अध्यक्ष कुमार पन्तका अध्यक्षतामा आइतबार बसेको सङ्घका राष्ट्रिय समिति, पदाधिकारी, केन्द्रीय पार्षद्को संयुक्त बैठकले सो निर्णय गरेको हो ।

यस्तै तीव्ररूपमा नेपालमा फैलिरहेको कोरोना सङ्क्रमणलाई नियन्त्रण गर्नका लागि खोप नै अन्तिम विकल्प भएकाले तत्काल अन्तरराष्ट्रिय समुदायसँग खोप उपलब्ध गराइदिन अपिल गर्ने निर्णय गरिएको छ ।

त्यसका लागि सङ्घका राष्ट्रिय समितिमार्फत सम्बन्धित देशका सरकारसमक्ष नेपालका लागि खोप उपलब्ध गराउन पहल गरिनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस