कोरोना संक्रमणबाट पूर्वमहालेखा परीक्षक दाहालको निधन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कोरोना संक्रमणबाट पूर्वमहालेखा परीक्षक दाहालको निधन


१० जेष्ठ २०७८, सोमबार


ओखलढुंगा । कोरोना संक्रमणबाट पूर्वमहालेखा परीक्षक खेमप्रसाद दाहालको निधन भएको छ ।

कटुञ्जे स्थायी ठेगाना भएका ६६ वर्षीय दाहालको आज साँझ राजधानीस्थित नेपाल प्रहरी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

दाहाललाई कोरोना संक्रमण भएपछि आठ दिनदेखि भेन्टिलेटरमा राखिएको थियो । उपचारमा संलग्न चिकित्सकका सल्लाहअनुसार भारतबाट खोपसहित औषधि ल्याइए पनि प्रयोग गर्न नपाउँदै दाहालको निधन भएको उनका भतिजा सुमनले बताए । कोरोना संक्रमण हुनुअघि उनमा कुनै रोगको समस्या थिएन । दाहालका २ छोरा छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस