प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा २४ रिट दर्ता, प्रधानमन्त्रीमा ओलीलाई नै निरन्तरता दिन माग गर्दै परे ४ रिट « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा २४ रिट दर्ता, प्रधानमन्त्रीमा ओलीलाई नै निरन्तरता दिन माग गर्दै परे ४ रिट


१० जेष्ठ २०७८, सोमबार


High Court_Sarbocha adalat

काठमाडौँ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनको विरुद्ध सर्वोच्च अदालतमा २४ रिट निवेदन दर्ता भएको छ । आज (सोमबार)सम्म प्रतिनिधिसभा विघटन विरुद्धमा २४ रिट निवेदन दर्ता भएका हुन् ।

प्रमुख प्रतिपक्षी कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायत १४६ सांसदले संयुक्त रूपमा प्रतिनिधिसभा विघटनविरुद्ध रिट दर्ता गराएका छन् । त्यस्तै, अन्य २३ रिट निवेदन प्रतिनिधिसभा विघटनको विरुद्धमा दर्ता भएको सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिए । प्रतिनिधिसभा विघटनविरुद्ध रिट दर्ता गर्नेमा कानुन व्यवसायीको संख्या उल्लेख्य रहेको छ ।

संविधानको धारा ७६ को उपधारा ५ अनुसारको प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई नै निरन्तरता दिन माग गर्दै ४ रिट निवेदन दर्ता गरिएको पौडेलले बताए । ती रिटमा घोषणा गरिएको समयमा नै निर्वाचन हुनुपर्ने माग गरिएको बताइएको छ ।

विघटित प्रतिनिधिसभाका सदस्यहरूले दायर गरेको रिटमा प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई निर्वाचित गरियोस् र प्रतिनिधिसभा पुनःस्थापना गरियोस् भन्ने माग गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस