नेपाल समूहले दिएन स्पष्टीकरण « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

नेपाल समूहले दिएन स्पष्टीकरण


१० जेष्ठ २०७८, सोमबार


काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित एघार जनाले प्रधामन्त्री केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिएनन् ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्नुको कारण माग्दै नेता नेपाल, झलनाथ खनाल, भीम रावलसहित ११ जनालाई एमालेले स्पष्टीकरण सोधेको थियो ।

तर कसैले पनि स्पष्टीकरणको जवाफ दिएनन् । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रयोजनका निम्ति नेता नेपाल सहित २६ सांसदले हस्ताक्षर गरेका थिए ।

स्पष्टीकरणको जवाफ नदिएपछि ओलीले नेपाल, खनाल र रावललाई निलम्बन गर्ने तयारी गरेको स्रोतले बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस