कोरोना संक्रमणबाट डीएसपी खरेलको मृत्‍यु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कोरोना संक्रमणबाट डीएसपी खरेलको मृत्‍यु


१० जेष्ठ २०७८, सोमबार


काठमाडौँ । कोभिड–१९ भाइरसका कारण नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) समीरचन्द्र खरेलको मृत्‍यु भएको छ ।

उनको प्रहरी अस्पताल, महाराजगञ्जमा उपचारका क्रममा आज (सोमबार) मृत्‍यु भएको प्रहरी प्रधान कार्यालय, नक्सालले जनाएको छ ।

संयुक्त राष्ट्र संघको शान्ति मिसनमा गएर फर्किएका उनी पछिल्लो समय प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस