२४ घण्टामा ७,४२५ जनामा संक्रमण, १८५ जनाको मृत्यु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

२४ घण्टामा ७,४२५ जनामा संक्रमण, १८५ जनाको मृत्यु


१० जेष्ठ २०७८, सोमबार


काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ७,४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १,८५ जनाको मृत्यु भएको छ ।

देशभरका प्रयोगशालामा १९,८४६ नमुनाको पीसीआर टेष्ट गर्दा ७,२२० र ६०७ एन्टिजेन टेष्ट गर्दा २०५ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ४४७ पुगेको छ ।

उनीहरुमध्ये १ लाख ८ हजार ७१ जना होम आइसोलेसनमा रहेका छन् । ७ हजार २७६ जना संस्थागत आइसोलेसनमा छन्, जसमध्ये १६९७ जना आईसीयूमा उपचाररत छन् ।

पछिल्लो २४ घण्टामा ७१३५ जना संक्रमणमुक्त भएका छन् । यससँगै कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ३ लाख ९८ हजार ४८३ पुगेको छ । हालसम्म संक्रमित भएका ५ लाख २० हजार ४६१ मध्ये ६५३१ जनाको मृत्यु भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस