हत्या आरोपमा चार पक्राउ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

हत्या आरोपमा चार पक्राउ


१० जेष्ठ २०७८, सोमबार


पक्राउ

सप्तरी । रुपनी गाउँपालिका–१ रायपुरका ५२ वर्षीय रामदल यादवको हत्या आरोपमा प्रहरीले सोही ठाउँका चार युवकलाई आज पक्राउ गरेको छ ।

धारिलो हतियारले निर्घात कुटपिट गरेर हत्या गरेको आरोपमा प्रहरीले अनुसन्धानका क्रममा मनोज यादव, विनय यादव, मुकेश यादव र मुकेश पासवानलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कुटपिटबाट गम्भीर घाइते यादवको गोल्डेन अस्पताल विराटनगरमा उपचारका क्रममा आज मृत्यु भएको अस्पतालले जनाएको छ । गाउँपालिकास्थित युनिक अस्पतालले रेफर गरेपछि रामदललाई उपचारका लागि बिहीबार विराटनगर लगिएको थियो । मादक पदार्थ र नशालु पदार्थ खाएका आरोपितले बुधबार राति धारिलो हतियारले निर्घात कुटपिट गरेको भन्दै रामदलका दाजु सरोवर यादवले जिल्ला प्रहरी कार्यालयमा उजूरी दिएका थिए ।

पक्राउ परेका आरोपितले गाउँकै पोखरीमा माछापालन गरेर बसेका रामदलसँग गत बुधबार दिउँसो झगडा गरेको र सोही निहुँमा राति कुटपिट गरेर धारिलो हतियार प्रहार गरेको सरोवरले बताए ।

पक्राउ परेका युवा यसअघि पनि कुटपिट र लागुऔषध ओसारपसारको आरोपमा पटकपटक पक्राउ परेको स्थानीयवासीले जानकारी दिएका छन् । चिकित्सकले आज मृत घोषणा गरेपछि शवपरीक्षणका लागि विराटनगरस्थित कोशी अस्पताल लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस