नेपालमा खोप लैजाने पहल भइरहेको छः राजदूत डा. खतिवडा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नेपालमा खोप लैजाने पहल भइरहेको छः राजदूत डा. खतिवडा


१० जेष्ठ २०७८, सोमबार


वासिङ्टन । अमेरिकी सरकारले नेपाललाई कोरोना भाइरससँग जुध्नका लागि विभिन्न तरिकाले सहयोग गर्दै आएको छ । विदेश मन्त्री एन्थोनी व्लिकेनले हालसालै नेपाललाई सहयोग गरिएको विषयलाई सामाजिक सञ्जालमा समेत उल्लेख गरेका थिए ।

अमेरिकी सहयोग नियोग युएसएआइडीले नेपाललाई सहयोग गर्दै आएको छ र आगामी दिनमा अझ सहयोग बढाउने जानकारी उच्च अधिकारीहरुले सिनेटको कमिटिमा समेत दिएका छन् ।

वहुराष्ट्रिय देशहरुलाई सर्वसुलभ रुपमा अमेरिकाले उपलब्ध गराउने खोप आयोजना कोभ्याक्सको लागि नेपाल पनि लाभान्वित देश हो । यो प्रक्रियामा रहेको छ भने नेपालले अमेरिकाबाट खोप खरिद गर्ने प्रक्रिया पनि अगाडि वढाइरहेको छ ।

नेपाली राजदूत डा. युवराज खतिवडा अमेरिकी सरकारलाई नेपालको आवश्यकता अनुसारका सामाग्रीहरु, खोपलगायतको माग गर्ने कार्यमा अमेरिकी सरकारी एजेन्सीहरुसँग छलफलमा व्यस्त छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस