संविधानमा भएको व्यवस्था अध्यादेशमा ल्याउँदा कसरी राष्ट्रघात भयोः बडाल « प्रशासन
Logo ११ आश्विन २०७८, सोमबार
   

संविधानमा भएको व्यवस्था अध्यादेशमा ल्याउँदा कसरी राष्ट्रघात भयोः बडाल


१० जेष्ठ २०७८, सोमबार


काठमाडौँ । महान्यायाधिवक्ता रमेश बडालले संविधानमा भएको व्यवस्था जस्ताको तस्तै अध्यादेशमा आउँदा कसरी राष्ट्रघात भयो भनेर प्रश्न गरेका छन् ।

सरकारले ल्याएको नागरिकतासम्बन्धी अध्यादेशबारे प्रश्न उठेपछि आज पत्रकार सम्मेलन गरेका वडालले संविधान कार्यान्वयनका लागि अध्यादेश ल्याएको बताएका हुन् ।

तर केही पूर्व सांसदले समेत राष्ट्रघात भयो, फिजिकरण गर्न खोजियो भनेर विरोध गरेको भन्दै बडालले प्रश्न गरे ? ‘संविधानको धारा ११ भएको कुरा जस्ताको तस्तै अध्यादेशमा ल्याउँदा कसरी राष्ट्रघात भयो ?’

संविधानमा जसले नागरिकता पाउँछ भनिएको छ, अदालतले त्यो व्यक्तिलाई नागरिकता दे भनेको छ । त्यही व्यवस्था अध्यादेशबाट ल्याउँदा संविाधनको कार्यान्वयन गरिएको हो ।

 

Tags :
प्रतिक्रिया दिनुहोस