देउवालाई प्रधानमन्त्री बनाउनु पर्छ भनेर हस्ताक्षर गर्ने यी हुन् माधव नेपाल पक्षका २३ सांसद « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

देउवालाई प्रधानमन्त्री बनाउनु पर्छ भनेर हस्ताक्षर गर्ने यी हुन् माधव नेपाल पक्षका २३ सांसद


१० जेष्ठ २०७८, सोमबार


काठमाडौँ । शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने दाबीसहित सर्वोच्च अदालत जान लागेका विपक्षी दलहरूले तयार पारेको रिट निवेदनमा एमालेको माधव नेपाल पक्षका २३ सांसदले हस्ताक्षर गरेका छन् ।

देउवा पक्षका नेताहरू हस्ताक्षर सङ्कलन गरी संसद् सचिवालयमा जम्मा भइसकेका छन् ।

कोरोना लागेका कारण केही सांसद उपस्थित हुन नसकेको र यसअघि देउवालाई प्रधानमन्त्रीमा समर्थन गरी हस्ताक्षर गर्नेमध्येका गोकर्ण विष्ट, पवित्रा निरौला खरेल र गणेश पहाडी पनि उपस्थित भएका छैनन् ।

हस्ताक्षर गर्ने सांसदहरूमा झलनाथ खनाल, माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, रामकुमारी झाँक्री, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, निरादेवी जैरू, सरलाकुमारी यादव, कल्याणी खड्का, लक्ष्मी चौधरी, कलिला खातुन, पुष्पा कर्ण कायस्थ, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, मुकुन्द न्यौपाने, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट, नारायण खतिवडा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस