अदालत जानुअघि विपक्षी गठबन्धनका शीर्ष नेताको बैठक सिंहदरवारमा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

अदालत जानुअघि विपक्षी गठबन्धनका शीर्ष नेताको बैठक सिंहदरवारमा


१० जेष्ठ २०७८, सोमबार


काठमाडौँ । शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन बहुमत सदस्यको दाबीसहित रिट दायर गर्न सर्वोच्च जानुअघि विपक्षी गठबन्धनका शीर्ष नेताहरू सिंहदरवारमा जुटेका छन् ।

काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमालेका माधवकुमार नेपाल , जसपाका उपेन्द्र यादवलगायत नेताहरू छलफल गरेर अदालत जाने तयारीमा छन् ।

सिंहदरवारस्थित काँग्रेस संसदीय दलको कार्यालयमा सांसदहरूले रिटमा हस्ताक्षर गर्दै वारेसनामा तयारीलगायतका काम सकिएपछि केही बेरमा अदालत जाने तयारी गरेका छन् ।

गठबन्धनका सांसदले दायर गर्न लागेको रिटमा संविधानको धारा ७६ को ५ अनुसार प्रतिनिधिसभाका बहुमत सदस्यहरू देउवालाई प्रधानमन्त्री बनाउन तयार रहेकोले वैकल्पिक सरकार गठनको सम्भावना जीवितै रहेको उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस