ओलीले बोलाए स्थायी कमिटी, नेपालसहित ११ जनालाई कारबाहीको तयारी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

ओलीले बोलाए स्थायी कमिटी, नेपालसहित ११ जनालाई कारबाहीको तयारी


१० जेष्ठ २०७८, सोमबार


काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन् । आज दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक आह्वान गरिएको हो ।

आजको बैठकमा आइतबार माधवकुमार नेपालसहित ११ सांसदलाई २४ घण्टाको समय दिएर मागिएको स्पष्टीकरणका बारेमा छलफल तथा कारबाहीको तयारी गरिएको एक नेताले जानकारी दिए ।

नेकपा एमालेका २६ सांसदले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री चयन गर्नका लागि हस्ताक्षर गरेका थिए । प्रधानमन्त्री ओलीले विपक्षी गठबन्धनमा रहेर आफ्नै सरकारविरुद्ध उभिएको भन्दै हस्ताक्षरकर्ता सांसदहरूलाई कारबाहीको तयारी गरेको एक नेताले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस