पुरस्कारको राशि ५० प्रतिशत वृद्धि गर्न र ट्रेड युनियन निर्वाचनका लागि बजेट छुट्याउन कर्मचारी सङ्गठनको माग « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पुरस्कारको राशि ५० प्रतिशत वृद्धि गर्न र ट्रेड युनियन निर्वाचनका लागि बजेट छुट्याउन कर्मचारी सङ्गठनको माग


१० जेष्ठ २०७८, सोमबार


काठमाडौँ । नेपाल निजामती कर्मचारी सङ्गठनले कर्मचारीलाई दिइने निजामती सेवा पुरस्कारको राशिलाई ५० प्रतिशत वृद्धि गर्न माग गरेको छ ।

अर्थमन्त्री विष्णु पौडेललाई आइतबार दिएको बजेट सम्बन्धी सुझावमा निजामती सेवा नियमावली २०५० को नियम ११६(क) अनुसारको निजामती सेवा पुरस्कारको राशिलाई ५० प्रतिशत वृद्धि गर्न भनेको हो ।

सङ्गठनले निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन निर्वाचन प्रयोजनका लागि बजेटको व्यवस्था गर्नसमेत माग गरेको छ ।

त्यसैगरी राष्ट्रसेवक कर्मचारीलाई एक लाखको कोरोना बिमा र २५ लाखको कोरोना जीवन बिमाको व्यवस्था गर्नसमेत सङ्गठनको माग छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस