विपक्षी गठबन्धन हस्ताक्षरसहित आज सर्वोच्च अदालत जाँदै « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

विपक्षी गठबन्धन हस्ताक्षरसहित आज सर्वोच्च अदालत जाँदै


१० जेष्ठ २०७८, सोमबार


High Court_Sarbocha adalat

काठमाडौँ । प्रतिनिधिसभा विघटन र मध्यावधी चुनावको मिति घोषणाविरुद्ध विपक्षी गठबन्धन आज सर्वोच्च अदालत जाादै छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र एमालेको असन्तुष्ट पक्षका १४९ सांसद हस्ताक्षरसहित आज अदालत जान लागेका हुन् ।

शनिबार विपक्षी गठबन्धनको संयुक्त बैठकले १४९ सांसदको हस्ताक्षरसहित सर्वोच्च जाने तथा प्रतिनिधि सभा विघटनविरुद्ध राजनीतिक र कानुनी लडाईँ लड्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार आइतबार उनीहरुले हस्ताक्षर गरेर रिट तयारको प्रक्रिय सुरु गरेका थिए तर अदालत जाने समय अभावका कारण सोमबारमात्र अदालत जाने भएका हुन् ।

विपक्षी गठबन्धनले भौतिकरुपमै बहुमत सदस्यसहित अदालतमा उपस्थित हुने तयारी गरेको छ ।

संसद विघटनविरुद्ध विपक्षी गठबन्धनका तर्फबाट गोविन्द बन्दी, मुक्ति प्रधान, योगेन्द कार्की, सतिशकृष्ण खरेल र खम्बबहादुर खातिले रिटको मस्यौदा तयार पारका हुन् । अधिवक्ताहरुले तयार पारेको रिटलाई अन्तिम रुप दिने जिम्मा वरिष्ठ अधिवक्तासमेत रहेका राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारी, सांसद देव गुरुङ र कांग्रेस नेता रमेश लेखकलाई दिइएको छ ।

शुक्रवार राति राष्ट्रपतिले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री केपी शर्मा ओली र विपक्षी गठबन्धनकातर्फबाट शेरबहादुर देउवाले प्रस्तुत गरेको दाबी विधिसम्मत नभएको भन्दै खारेज गर्दै सरकारको सिफारिसमा संसद विघटन गरी मध्यावधि निर्वाचनको मिति समेत घोषणा गरेकी थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस