हानिकारक स्यानिटाइजर उत्पादन गर्ने तीन कम्पनीमा प्रहरीको छापा, ३५ हजार लिटर बरामद « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

हानिकारक स्यानिटाइजर उत्पादन गर्ने तीन कम्पनीमा प्रहरीको छापा, ३५ हजार लिटर बरामद


९ जेष्ठ २०७८, आइतबार


काठमाडौँ । नक्कली स्यानिटाइजर उत्पादन गर्ने एक कारखानामा प्रहरीले छापा मारेको छ । ललितपुरको सातदोबाटो, काठमाडौँको त्रिपुरेश्वर र क्षेत्रपाटीमा रहेको स्यानिटाइजर उत्पादन केन्द्रमा अपराध महाशाखाको टोलीले छापा मारेको हो ।

ललितपुरका निमित्त प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका मानव स्वास्थ्यमा हानिकारक रसायन प्रयोग गरी विना इजाजत सञ्चालन गरिएको स्यानिटाइजर उद्योगमा छापा मार्ने क्रममा सम्पूर्ण स्यानिटाइजर जफत गर्दै सञ्चालकलाई नियन्त्रणमा लिई उद्योग सिल गरिएको र कानुन बमोजिम कडा कारबाही अघि बढाइएको छ । साथै ड्ड कम्पनीका सञ्चालक आशिष् प्याकुरेल नियन्त्रणमा लिएको छ ।

निमित्त प्रजिअ बस्नेतका अनुसार उद्योगले उत्पादन गरेको स्यानिटाइजरमा मिथानोल अल्कोहल नामक रसायन अत्यधिक प्रयोग गरिएको पाइएको छ । साथै उक्त कम्पनी कतै पनि दर्तासमेत नभएको उनले जनाएका छन् ।

महानगरीय अपराध महाशाखा मिनभवन काठमाडौँ, जिल्ला प्रशासन कार्यालय ललितपुर र औषधि व्यवस्था विभागको संयुक्त टोलीले अनुगमनका क्रममा सो बरामद गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस