बुटवलमा थप १० जना संक्रमितको मृत्‍यु « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

बुटवलमा थप १० जना संक्रमितको मृत्‍यु


९ जेष्ठ २०७८, आइतबार


रुपन्देही । बुटवलमा थप १० जना कोरोना संक्रमितहरुको मृत्‍यु भएको छ । मृत्‍यु हुनेमा बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत ७ जना रूपन्देहीका र ३ जना गुल्मीका रहेका छन् ।

बुटवल १२, रूपन्देहीका ४२ वर्षीय पुरुष, बुटवल–८ रूपन्देहीको ५६ वर्षीय पुरुष, बुटवल–११ रूपन्देहीकै ७२ वर्षीय महिलाको शनिबार मृत्यु भएको हो ।

यस्तै शुद्धोधन गाउँपालिका ६ रूपन्देहीकी २६ वर्षीय महिला, तिलोत्तमा २ रुपन्देहीका ६१ वर्षीय पुरूष, वुटवल–११ की ६१ वर्षीया महिला र सियारी ५ रूपन्देहीकी ५६ वर्षीया महिला मृत्‍यु भएको हो ।

यस्तै गुल्मीदरवार गाउँपालिका–५ गुल्मीका ४२ वर्षीय पुरुष, रेसुङगा नगरपालिका–९ की ६५ वर्षीया महिला, मालिका गाउँपालिका–६ गुल्मीका ४८ वर्षीय पुरूष मृत्‍यु भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस