एमालेले सोध्यो माधव नेपालसहित ११ सांसदलाई स्पष्टीकरण « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

एमालेले सोध्यो माधव नेपालसहित ११ सांसदलाई स्पष्टीकरण


९ जेष्ठ २०७८, आइतबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमालेले वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपालसहित ११ सांसदलाई स्पष्टीकरण सोधेको छ ।

शनिबार बालुवाटरमा बसेको स्थायी कमिटी बैठकको निर्णय अनुसार स्पष्टीकरण पत्र पठाइएको पार्टी कार्यालय स्रोतले जानकारी दिएको छ ।

शनिबारको बैठकले खनाल–नेपालसँगै भीम रावल, मुकुन्द न्यौपाने, कल्याणी खड्का, रामकुमारी झाँक्री, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र नीरा जैरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

एमालेले प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका २६ सांसदमध्ये ११ लाई मात्रै स्पष्टीकरण सोधेको हो । उनीहरुलाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न भनिएको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस