राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध प्रदर्शन गर्ने नेविसंघका एक नेता पक्राउ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध प्रदर्शन गर्ने नेविसंघका एक नेता पक्राउ


९ जेष्ठ २०७८, आइतबार


काठमाडौँ। राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध प्रदर्शन गर्ने  नेपाल विद्यार्थी संघ (नेविसंघ)का एक विद्यार्थी नेता पक्राउ परेका छन् । संसद् विघटनको विरोधमा प्रदर्शन गरेको अभियोगमा मध्यबानेश्वरको पिपलबोटबाट नेविसंघका पूर्वकेन्द्रीय सदस्य नवराज त्रिपाठी पक्राउ परेका हुन् ।

त्रिपाठीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको तस्वीरमा गोबर छ्याप्दै प्रदर्शन गरेकोले पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरले जनाएको छ । उनलाई हाल महानगरीय प्रहरी वृत्त, बानेश्वरको हिरासतमा राखिएको छ । नेविसंघले उनलाई निःसर्त रिहाइ गर्न माग गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस