संसद् विघटनविरुद्ध १४९ सांसद हस्ताक्षरसहित आज सर्वोच्च जाँदै « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

संसद् विघटनविरुद्ध १४९ सांसद हस्ताक्षरसहित आज सर्वोच्च जाँदै


९ जेष्ठ २०७८, आइतबार


काठमाडौँ । संसद् विघटनविरुद्ध १४९ सांसद आज सर्वोच्च जाने भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटन र चुनावको मिति घोषणाविरुद्ध आज १४९ जना विपक्षी सांसद हस्ताक्षरसहित सर्वोच्च अदालत जाने भएका हुन् ।

विपक्षी गठबन्धन प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र एमालेको असन्तुष्ट पक्षका १४९ सांसद हस्ताक्षरसहित आज अदालत जान लागेका छन्।

शनिवार विपक्षी गठबन्धनको संयुक्त बैठकले १४९ सांसदको हस्ताक्षरसहित सर्वोच्च जाने निर्णय गरेको थियो । बैठकले प्रतिनिधि सभा विघटनविरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने निष्कर्षसमेत निकालेको थियो ।

शुक्रवार राति राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री केपी शर्मा ओली र विपक्षी गठबन्धनकातर्फबाट शेरबहादुर देउवाले प्रस्तुत गरेको दाबी विधिसम्मत नभएको भन्दै खारेज गर्दै मध्यावधि निर्वाचनको मितिसमेत घोषणा गरेकी थिइन् ।

संयुक्त गठबन्धनले आज संसदीय दलको बैठक पनि बोलाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस