एमालेले नेपालसहित ११ जनालाई स्पष्टीकरण पत्र पठाउँदै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

एमालेले नेपालसहित ११ जनालाई स्पष्टीकरण पत्र पठाउँदै


प्रशासन संवाददाता

९ जेष्ठ २०७८, आइतबार


काठमाडौँ। नेकपा एमालेले वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालसहित ११ जनालाई स्पष्टीकरण पत्र पठाउने भएको छ । शनिवार बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकले नेपालसहित ११ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेसँगै आज स्पष्टीकरण पत्र पठाइने एमाले कार्यालय स्रोतले जानकारी दिएको छ ।

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका २६ सांसदमध्ये ११ जनालाई स्पष्टीकरण एमाले स्थायी समिति बैठकले निर्णय गरेको थियो ।

खनाल, नेपाल, भीम रावल, मुकुन्द न्यौपाने, कल्याणी खड्का, रामकुमारी झाँक्री, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र नीरा जैरुलाई स्पष्टीकरण सोध्ने तयारी गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस