चन्द्रागिरिमा १० श्ययाको आइसोलेसन सेन्टर सञ्चालन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

चन्द्रागिरिमा १० श्ययाको आइसोलेसन सेन्टर सञ्चालन


८ जेष्ठ २०७८, शनिबार


काठमाडौँ । चन्द्रागिरि नगरपालिकामा १० श्ययाको आइसोलेशन सेन्टर स्थापना गरिएको छ ।
चन्द्रागिरि–१२ बलम्बुस्थित नहुदा स्वास्थ्य क्लिनिकमा स्थापना गरिएको सो सेन्टरको आज नगरप्रमुख घनश्याम गिरीले शुभारम्भ गर्दै नगरपालिकामा  सङ्क्रमित वृद्धि भइरहेका अवस्थामा आइसोलेशन सेन्टरले स्थापना गरिएको बताए ।
चन्द्रागिरि–१२ का वडाध्यक्ष प्रकाश श्रेष्ठले हाल १० श्यया सञ्चालनमा ल्याइएता  बिरामीको आवश्यकता अनुसार आगामी दिनमा श्यया थप गर्दै लैजाने जानकारी दिए ।
समुदाय स्तरबाट सञ्चालन भएको उक्त आइसोलेशन सेन्टरमा  विकास महर्जनको संयोजकत्वमा  व्यवस्थापन समिति गठन समेत गरिइएको छ । समितिले नै दैनिक सेवा सञ्चालन र व्यवस्थापनको जिम्मेवारी बहन गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस