कैलालीमा सङ्क्रमित वृद्धि , परीक्षण गरिएको ५० प्रतिशतमा कोरोना पुष्टि « प्रशासन
Logo १५ माघ २०७८, शनिबार
   

कैलालीमा सङ्क्रमित वृद्धि , परीक्षण गरिएको ५० प्रतिशतमा कोरोना पुष्टि


८ जेष्ठ २०७८, शनिबार


कैलाली । दोस्रो लहरको कोभिड–१९ बाट सङ्क्रमित र मृत्यु हुने सङ्ख्यामा वृद्धि हुँदै गएको छ । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा एक हजार एकमा नमूना परीक्षण गर्दा पाँच सय ३८ मा भाइरस पुष्टि भएको छ ।

अस्पतालमा शुक्रबार दुई सय २९ र बिहीबार चार सय ६४ मा सङ्क्रमण पुष्टि भएको सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार २४ घण्टाको अवधिमा अस्पतालमा तीन र गोदावरी नगरपालिकामा चार सङ्क्रमितको निधन भएको थियो ।

मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका– ८ का ५८ वर्षीय पुरुष, धनगढी– २ का ६५ वर्षीय पुरुष, धनगढी– १२ का ४२ वर्षीय पुरुष र गोदावरी – ४ का ३५ वर्षीय पुरुष रहेका छन् । अस्पतालमा मात्रै हालसम्म एक सय ४५ को मृत्यु भइसकेको अस्पतालले जनाएको छ । अस्पतालमा हाल एक सय तीन सङ्क्रमित उपचाररत् छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस