अमेरिकाले उपलब्ध गराएको स्वास्थ्य सामाग्रीको पहिलो खेप काठमाडौँ आइपुग्यो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अमेरिकाले उपलब्ध गराएको स्वास्थ्य सामाग्रीको पहिलो खेप काठमाडौँ आइपुग्यो


८ जेष्ठ २०७८, शनिबार


काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९) माहामारीका कारण नेपालको पछिल्लो संकटपुर्ण गतिविधि नियन्त्रणका लागि अमेरिकाले उपलब्ध गराएको स्वास्थ्य सामाग्री नेपाल आइपुगेको छ।

नेपालमा पछिल्लो समय तिव्ररुपमा फैलिएको कोरोना भाइरस महामारीका कारण उपचारमा आएको कठिनाइमा सहायता स्वरुप अमेरिकाले उपलब्ध गराएको स्वास्थ्य सामाग्रीको पहिलो खेप शनिबार काठमाडौँ आइपुगेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी सहयोग नियोग युएसएड र अमेरिकी दूतावासका प्रतिनिधिले स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमलाई सामग्री हस्तान्तरण गरे ।

अमेरिकी कार्गो बिमानले ती स्वास्थ्य सामग्री काठमाडौँ ल्याएको हो । आज ल्याइएका सामग्रीमा सर्जिकल मास्क, फेस सिल्ड र ग्लोब्स संलग्न छन् । यसअघि १०० थान भेन्टिलेटर, परीक्षण किट्स, पीपीई, अक्सिजन उपकरण अमेरिकाले दिएको थियो ।

थप स्वास्थ्य सामाग्री अमेरिकी कार्गो बिमानले दुईदिनभित्र २ खेपमा ल्याउने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस