चुनावका लागि पर्याप्त समय छ : आयोग, कर्मचारी व्यवस्थापन गर्न प्रधानमन्त्रीको आग्रह « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

चुनावका लागि पर्याप्त समय छ : आयोग, कर्मचारी व्यवस्थापन गर्न प्रधानमन्त्रीको आग्रह


८ जेष्ठ २०७८, शनिबार


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग निर्वाचन आयोगका पदाधिकारीहरूले चुनाव गराउन पर्याप्त समय रहेको बताएका छन् । शनिवार बिहान आयोगका पदाधिकारी र प्रधानमन्त्री केपी शर्मा ओलीबिच निर्वाचनका बारेमा भएको छलफलका क्रममा चुनाव गराउन पर्याप्त समय रहेकाले तोकेकै समयमा निर्वाचन गराउन सकिने आयोगका पदाधिकारीहरूले जानकारी दिएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार बिहान आयोगका पदाधिकारीहरुलाई बालुवाटारमै बोलाएर कानुनी, आर्थिक र कर्मचारी व्यवस्थापनको तयारी गर्न आग्रह गरेका थिए । साथै उनले चुनावको तयारीका लागि सरकारले पूर्ण सहयोग गर्ने गर्ने समेत बताए ।

शुक्रवार मध्यराति सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गर्दै आगामी कात्तिक २६ र मङ्सिर ३ गते निर्वाचन मिति घोषणा गरेकी छन् ।

निर्वाचन सम्बन्धी ऐनमा निर्वाचनका लागि १२० कार्य दिन अर्था चार महिना तोकिएको छ । २०७४ सालको निर्वाचन ९५ दिनभित्रै निर्वाचन गराएको जानकारी गराउँदै कानुनीरुपमा सरकारले तोकेको निर्वाचन समय पर्याप्त रहेको छलफलमा सहभागी निर्वाचन आयोगका आयोगका एक अधिकारीले बताए ।

यसंगरी निर्वाचन सम्बन्धी केही कानुन संशोधन गर्नु पर्ने जानकारीसमेत आयोगका पदाधिकारीहरूले प्रधानमन्त्रीलाई गराएका थिए । केन्द्र, प्रदेश र स्थानीय तहका लागि छुट्टाछुट्टै कानुन भए पनि धेरैजसो बुँदाहरू दोहोरिएकाले त्यसलाई मिलाउनुपर्ने आवश्यकता उनीहरूले औँल्याएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस