वर्तमान राजनीतिक संकटको समाधान जनमतसंग्रहबाट मात्र हुने विप्लवको दाबी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

वर्तमान राजनीतिक संकटको समाधान जनमतसंग्रहबाट मात्र हुने विप्लवको दाबी


८ जेष्ठ २०७८, शनिबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले वर्तमान राजनीतिक संकटको समाधान जनमतसंग्रहबाट मात्र हुने दाबी गरेका छन् । शनिबार विज्ञप्ति जारी गर्दै वर्तमान राजनीतिक संकटको समाधान जनमतसंग्रहबाट मात्र हुने भनदै जनमतसंग्रहका लागि राजनीतिकदलहरु तयार हुने भए त्यसका लागि संयुक्त सरकार बनाएर निकासका लागि आफ्नो पार्टी तयार रहेको समेत उनले बताए ।

झण्डै दुईतिहाइ जनमतसहित बनेको नेकपा र केपी शर्मा ओली नेतृत्वको सरकार असफल भएकै कारण संसद विघटन भएको उनको भनाइ छ । यो कुनै व्यक्ति, पार्टी र सरकारको मात्र समस्या नभएरै संसदीय व्यवस्थाकै समस्या भएको उनको ठहर छ ।

‘राज्यको संकटलाई उचित निकास दिन संसदवादी पार्टी, नेता र सरकार असफल भएपछि यसको जिम्मा प्रत्यक्ष जनतालाई प्रदान गर्नुपर्छ, त्यो भनेको आजको विशिष्ट स्थितिमा वैज्ञानिक समाजवाद वा दलाल पूँजीवाद रोज्ने अधिकार जनमत संग्रहद्वारा जनतालाई प्रदान गर्नुपर्छ । जनमतसंग्रहका लागि राजनीतिक दलहरु तयार हुने हो भने त्यसका लागि हाम्रो पार्टी संयुक्त सरकार बनाएर निकासका लागि तयार रहेको स्पष्ट पार्न चाहन्छौँँ ’विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्ति :

Tags :
प्रतिक्रिया दिनुहोस