देशलाई दुर्घटनातर्फ धकेल्नेलाई जनताले कहिल्यै क्षमा गर्ने छैनन् : पूर्व राजा ज्ञानेन्द्र « प्रशासन
prasaLogo
८ जेष्ठ २०७८, शनिबार

देशलाई दुर्घटनातर्फ धकेल्नेलाई जनताले कहिल्यै क्षमा गर्ने छैनन् : पूर्व राजा ज्ञानेन्द्र


प्रकाशित मिति : 22 May, 2021 12:28 pm

काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाहले देशलाई दुर्घटना तर्फ धकेल्ने प्रयास गर्नेलाई जनताले कहिल्यै क्षमा नगर्ने बताएका छन् ।

उनले शनिवार ट्विटरमार्फत सत्ता र शक्तिको बलमा स्वार्थका निम्ति देशलाई दुर्घटना तर्फ धकेल्ने शासक र उनका मतियारको अपराधलाई जनताले कहिले क्षमा नगर्ने बताएका हुन् ।

उनले ट्विटरमा लेखेका छन्,‘यस वैश्विक महामारीको संकटका बेला जन दायित्वबाट पन्छिनका लागि असामयीक राजनैतिक जालझेल श्रृजना गरी, जनताको स्वास्थ्य जस्तो गम्भिर समस्यालाई थाती राखेर सत्ता र शक्तिको बलमा स्वार्थका निम्ति देशलाई दुर्घटनातर्फ धकेल्ने शासक र उनका मतियारको अपराधलाई जनताले कहिले क्षमा गर्ने छैनन् ।’

Tags :
प्रतिक्रिया दिनुहोस