ओलीले बोलाए स्थायी कमिटी बैठक « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

ओलीले बोलाए स्थायी कमिटी बैठक


८ जेष्ठ २०७८, शनिबार


काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे बैठक बोलाइएको हो ।

प्रतिनिधिसभा विघटन पछि पार्टीको रणनीति र माधव नेपाल पक्षले काँग्रेस नेतृत्वमा सरकार गठन गर्न चालेका कदम तथा राष्ट्रियसभा उपनिर्वाचनमा एमाले उम्मेदवार हराएको विषय बैठकमा छलफल गरिने जनाइएको छ ।

माधव नेपाल पक्षको भूमिका क्षम्य नरहेको भन्दै कारबाहीको सङ्केत गरेका अध्यक्ष ओलीले विपक्षी गठबन्धनसँग जोडिएको विषयलाई लिएर केही सदस्यहरूलाई कारबाही गर्ने तयारीमा रहेको बुझिएको छ ।

प्रधानमन्त्रीसमेत रहेका ओलीले हिजै मध्य राती प्रतिनिधिसभा विघटन गरी आगामी कार्तिक र मङ्सिरमा दुई चरणको निर्वाचन घोषणा गरी सकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस