युरोपेली संघले थोरै तथा मध्यम आय भएका देशलाई दश करोड खोप दिने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

युरोपेली संघले थोरै तथा मध्यम आय भएका देशलाई दश करोड खोप दिने


८ जेष्ठ २०७८, शनिबार


ब्रसेल्स । युरोपेली संघ (इयु)ले थोरै तथा मध्यम आय भएका मुलुकहरुका लागि दश करोड खोप उपलब्ध गराउने भएको छ ।

कोरोना भाइरसको महामारीमा परेका ती देशहरुलाई महामारीविरुद्ध लड्न सघाउने गरी कोरोना भाइरस विरुद्धको खोप संघले दिने भएको हो ।

युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयेनले सो खोप ती देशहरुलाई यस बर्षको अन्त्य सम्ममा उपलब्ध गराइने निर्णय भएको शुक्रबार जानकारी दिए ।

विश्व स्वास्थ्य सम्मेलनलाई सम्वोधन गर्दै उनले यो प्रारम्भीक सहयोग मात्रै हुने र थप सहयोग पनि गर्न सकिने बताए।

कोरोना भाइरसको महामारी विश्वभरी नै फैलिएकाले संघले विश्वभरीका धेरै देशहरुलाई सहयोग गर्नु परेको पनि उनले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस