संसद् विघटनविरुद्ध कानुनी लडाइँमा जाने काँग्रेसको निर्णय « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

संसद् विघटनविरुद्ध कानुनी लडाइँमा जाने काँग्रेसको निर्णय


८ जेष्ठ २०७८, शनिबार


काठमाडौँ । नेपाली काँग्रेसले संसद् विघटनविरुद्ध कानुनी र राजनीतिक लडाइँमा जाने निर्णय गरेको छ ।

सभापति शेरबहादुर देउवा निवासमा शनिवार बिहान बसेको काँग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट भएको विघटनविरुद्ध अदालतको ढोका ढकढक्याउने तथा राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णय गरेको हो ।

सरकारका लागि दाबी प्रस्तुत गर्दा गर्दै सरकार गठनको आधार नदेखिएको भन्दै संसद् नै भङ्ग गर्नु असंवैधानिक रहेको ठहर काँग्रेसको छ ।

तत्काललाई मध्यावधि चुनाव भन्दा पनि संसद् भंगविरुद्धको लडाइँको रणनीति महत्त्वपूर्ण रहेको जनाउँदै कानुनी तथा राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णय पार्टीमा भएको छ । साथै थप रणनीतिबारे विपक्षी दलसँगको संयुक्त बैठकमा छलफल हुने पनि काँग्रेसका एक नेताले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस