दलका नेता र संविधानविद्सँग परामर्शमा जुटे सभामुख सापकोटा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

दलका नेता र संविधानविद्सँग परामर्शमा जुटे सभामुख सापकोटा


८ जेष्ठ २०७८, शनिबार


काठमाडौँ । प्रतिनिधिसभा विघटनको विषयमा सभामुख अग्निप्रसाद सापकोटा विभिन्न राजनीतिक दल र संविधानविद् सँग छलफलमा जुटेका छन् ।

शुक्रवार राति मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचन घोषणा गरेको विषयमाथि प्रतिनिधिसभाका सभामुख सापकोटा छलफलमा जुटेका हुन् ।

सभामुख सापकोटा शनिबार बिहानैदेखि राजनीतिक दलका नेताहरु र कानुनका जानकारहरूसँग छलफलमा जुटेका छन् । शनिवार नै राजनीतिक दलका नेता र संविधानविद्हरूसँग छलफल गरेपछि सभामुख सापकोटाले प्रतिनिधिसभा विघटनाबारे आफ्नो धारणा सार्वजनिक गर्ने तयारी गरेको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस