मध्यरातमा संसद् विघटन गर्दै दुई चरणमा मध्यावधि निर्वाचनको घोषणा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मध्यरातमा संसद् विघटन गर्दै दुई चरणमा मध्यावधि निर्वाचनको घोषणा


८ जेष्ठ २०७८, शनिबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी छन् ।

मध्यरातमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा भङ्ग गरी मध्यावधि निर्वाचनको घोषणाका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

मन्त्रिपरिषद्को सिफारिससँगै राती पौने २ बजे नै राष्ट्रपतिले प्रतिनिधिसभा भङ्ग गरी कार्तिक २६ र मङ्सिर ३ गते दुई चरणका लागि निर्वाचनको घोषणा गरेकी हुन् ।

साँझ सात बजेलाई बोलाएको बैठक स्थगन गरेर मध्यरातमा बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभा भङ्ग गरी कार्तिक २६ र मङ्सिर ३ गतेका लागि मध्यावधि निर्वाचन घोषणाका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

राष्ट्रपति भण्डारीले शुक्रवार राति सरकार गठनका लागि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको दाबी नपुगेको भन्दै प्रधानमन्त्री नियुक्त गर्न नमिल्ने निर्णय गरेकी थिइन् । राष्ट्रपतिको यो निर्णयपछि प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गर्दै नयाँ चुनावको मिति तोकेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस