स्वास्थ्य समस्यामा परे ११५६ मा चिकित्सकलाई सम्पर्क गर्नुहोस् « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

स्वास्थ्य समस्यामा परे ११५६ मा चिकित्सकलाई सम्पर्क गर्नुहोस्


७ जेष्ठ २०७८, शुक्रबार


काठमाडौँ । कोरोना संक्रमणका कारण अस्पताल जान नसकेका नागरिकहरुको सहजताका लागि नेपाल चिकित्सक संघले निशुल्क कल सेन्टर संचालनमा ल्याएको छ ।

कुनै पनि व्यक्तिले स्वास्थ्यबारे जानकारी लिन प्रत्येक दिन बिहान ७ बजेदेखि बेलुका ८ बजेसम्म ११५६ मा निशुल्क फोन गर्न सक्नेछन् ।

देशभर ओपिडि सेवा ठप्प रहेको जटिल बाहेक अन्य सबै प्रकारका शल्यक्रिया सेवा समेत बन्द गरिएको अवस्थामा नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै अमेरिका नेपाल मेडिकल फाउण्डेसनको सहयोगमा निशुल्क कल सेन्टर स्थापना गरिएको जनाइएको छ । फाउण्डेसनले २० लाख रुपैयाँ सहयोग गरेको छ ।

कल सेन्टर संचालनका लागि अमेरिका नेपाल मेडिकल फाउण्डेसन र ॐ आदी फाउण्डेसनको संयुक्त आयोजनामा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, नेपाल टेलिकम, नर्डिक नेपाल मेडिकल सोसाइटीको सहकार्य एवं कलस सर्भिस प्रालीको प्राविधिक सहयोग रहेको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस